Voices for the Voiceless Worldwide

Call Directions Website Contact the business

Voices for the Voiceless Worldwide Where Love Becomes compassion we stand with the voiceless. Your Good Will And Small Of Amount Donation Will Save Hundreds Of Street Doges In Nepal �

Humanity is not only for ourselves, but our duty to every creature created by God-especially the animals who share this earth with us in silence and grace 🐾

उनीहरूसँग शब्द छैनन्, तर भावना छन्। आवाज छैन, तर पीडा छ। आफ्नो पक्षमा बोल्न सक्दैनन्, तर उनीहरू पनि माया र सुरक्षाका हकद...
10/25/2026

उनीहरूसँग शब्द छैनन्, तर भावना छन्। आवाज छैन, तर पीडा छ। आफ्नो पक्षमा बोल्न सक्दैनन्, तर उनीहरू पनि माया र सुरक्षाका हकदार हुन्। 🐾

Voices for the Voiceless Worldwide

जीवनमा सबैभन्दा ठूलो कुरा कसैले हामीलाई कति सम्मान गर्छ भन्ने होइन, कसैले हामीलाई कुनै स्वार्थबिना कति माया गर्छ भन्ने र...
10/24/2026

जीवनमा सबैभन्दा ठूलो कुरा कसैले हामीलाई कति सम्मान गर्छ भन्ने होइन, कसैले हामीलाई कुनै स्वार्थबिना कति माया गर्छ भन्ने रहेछ।

Voices for the Voiceless Worldwide

तपाईंको समुदायमा रहेका कुकुरहरूको समयमै बन्ध्याकरण गराउनुहोस्। अन्यथा कुकुरहरूको जनसङ्ख्या निरन्तर बढ्दै जानेछ र समस्या ...
10/23/2026

तपाईंको समुदायमा रहेका कुकुरहरूको समयमै बन्ध्याकरण गराउनुहोस्। अन्यथा कुकुरहरूको जनसङ्ख्या निरन्तर बढ्दै जानेछ र समस्या झन् जटिल बन्दै जानेछ।

सडकमा रहेका कुकुरहरूको बन्ध्याकरण गर्नु स्थानीय सरकारको मात्र होइन, समुदायमा बसोबास गर्ने हामी सबैको पनि दायित्व हो। त्यसैले कुकुरहरूको उचित व्यवस्थापन, बन्ध्याकरण, उपचार र संरक्षणका लागि सबैजना जिम्मेवार बनौँ। 🙏

🐾पशुबलि होइन, आफूभित्रको पशुत्वको बलि चढाऔँ 🐾परमपवित्र भगवान्‌को नाममा गरिने क्रूर बलिको अन्त्य होस्। कस्तो विडम्बना! हा...
10/20/2026

🐾पशुबलि होइन, आफूभित्रको पशुत्वको बलि चढाऔँ 🐾

परमपवित्र भगवान्‌को नाममा गरिने क्रूर बलिको अन्त्य होस्।

कस्तो विडम्बना! हामी भगवान्‌लाई खुसी बनाउन निर्दोष प्राणीको घाँटी रेट्छौँ, तर के भगवान्‌ साँच्चै कसैको रगतमा खुसी हुनुहुन्छ होला ? जुन भगवान्‌लाई हामी दयाका सागर, करुणाका प्रतीक र सृष्टिका रक्षक मान्छौँ, उहाँकै नाममा बोल्न नसक्ने, आफ्नो पीडा व्यक्त गर्न नसक्ने र बाँच्न चाहने निर्दोष प्राणीहरूको हत्या गर्नु कस्तो धर्म हो ?

एउटा पशु पनि जीवनप्रति उत्तिकै मायालु हुन्छ। उसलाई पनि पीडा हुन्छ, डर लाग्छ, बाँच्ने चाहना हुन्छ। उसको आँखाबाट बग्ने आँसु र उसको जीवनको मूल्य के मानिसको भन्दा कम छ र ? धर्मको नाममा निर्दोषको रगत बगाउनु होइन, धर्मको नाममा जीवन बचाउनु सिकौँ।

भगवान्‌लाई खुसी पार्न पशुको घाँटी काट्नुभन्दा आफूभित्रको क्रोध, घमण्ड, हिंसा, निर्दयता र पशुत्वको बलि चढाऔँ। मन्दिरमा रगतको धारा होइन, करुणाको दीप बालौँ। निर्दोष प्राणीको चिच्याहट होइन, उनीहरूको सुरक्षाको आवाज बनौँ।

हामीले चढाउने फूल, अक्षता र श्रद्धाभन्दा ठूलो पूजा कुनै भोको प्राणीलाई खाना दिनु, घाइते प्राणीको घाउमा मलम लगाउनु र कसैको जीवन बचाउनु हो। हाम्रो एउटै प्रार्थना छ परमपवित्र भगवान्‌को नाममा गरिने क्रूर पशुबलिको अन्त्य होस्। निर्दोष प्राणीहरूको रगतले कुनै पर्व पवित्र नबनोस्, बरु सबैको जीवनप्रतिको प्रेमले हरेक पर्व पवित्र बनोस्।

आउनुहोस्, यस्तो समाज निर्माण गरौँ जहाँ धर्मको नाममा हत्या होइन, दया सिकाइयोस्; परम्पराको नाममा हिंसा होइन, करुणा बाँडियोस्; र भगवान्‌को पूजा गर्दा उहाँकै सृष्टिका प्राणीहरूको जीवन पनि सुरक्षित रहोस्।

किनकि साँचो धर्म हत्या गर्नु होइन, जीवनको रक्षा गर्नु हो। साँचो भक्ति बलि चढाउनु होइन, दया देखाउनु हो।

#पशुबलिबन्दगरौँ #जीवनकोसम्मानगरौँ #करुणानैसाँचोधर्म #प्राणीप्रेम #मानवतासबैभन्दाठूलो 🐃🐐🐑

10/19/2026

Prince 🐈🐾

मलाई यी निर्दोष जीवहरूसँग बस्दा एउटा अनौठो शान्ति मिल्छ। उनीहरूले मेरो विगत सोध्दैनन्, मेरो कमजोरीको हिसाब गर्दैनन्, न त...
10/19/2026

मलाई यी निर्दोष जीवहरूसँग बस्दा एउटा अनौठो शान्ति मिल्छ। उनीहरूले मेरो विगत सोध्दैनन्, मेरो कमजोरीको हिसाब गर्दैनन्, न त मेरो हैसियत हेरेर माया गर्छन्।

Voices for the Voiceless Worldwide 🐾

कसैका लागि यी केवल कुकुर र बिरालाहरू होलान्, तर हाम्रा लागि यी निर्दोष आत्माहरू हुन्, जसको पीडाले हाम्रो मन दुख्छ र जसको...
10/17/2026

कसैका लागि यी केवल कुकुर र बिरालाहरू होलान्, तर हाम्रा लागि यी निर्दोष आत्माहरू हुन्, जसको पीडाले हाम्रो मन दुख्छ र जसको खुशीले हाम्रो अनुहारमा मुस्कान ल्याउँछ।

Voices for the Voiceless Worldwide
🐾🐈🐾🐈🐾

🐈🐾 Happy Vijaya Dashain 🐾🐈
10/17/2026

🐈🐾 Happy Vijaya Dashain 🐾🐈

चाडपर्वको खुसीसँगै बेजुबान प्राणीहरूको पीडा पनि महसुस गरौँ। हामी नयाँ लुगा लगाएर, मिठामिठा परिकार खाएर र परिवारसँग खुसी ...
10/17/2026

चाडपर्वको खुसीसँगै बेजुबान प्राणीहरूको पीडा पनि महसुस गरौँ।

हामी नयाँ लुगा लगाएर, मिठामिठा परिकार खाएर र परिवारसँग खुसी साटासाट गर्दै चाडपर्व मनाइरहँदा, सडकका ती निर्दोष बेजुबान प्राणीहरू भने भोक, प्यास, डर र असुरक्षासँग संघर्ष गरिरहेका हुन्छन्। 🐾

उनीहरू बोल्न सक्दैनन् भन्दैमा के उनीहरूलाई भोक लाग्दैन? के उनीहरूलाई पीडा हुँदैन? के उनीहरूलाई माया र सुरक्षाको आवश्यकता हुँदैन? सक्नुहुन्छ भने खाना दिनुहोस्, पानी राखिदिनुहोस्, माया गर्नुहोस् र उनीहरूमाथि हुने हिंसा रोक्न आवाज उठाउनुहोस्। सानो सहयोगले पनि एउटा निर्दोष जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।🐾

चाडपर्वको वास्तविक खुसी अरूको अनुहारमा मुस्कान ल्याउनुमा छ चाहे त्यो मानिस होस् वा बेजुबान प्राणी। 🐕🐈

Voices for the Voiceless Worldwide🐾
आवाजविहीनहरूको आवाज बनौँ, जीवनप्रति दयालु बनौँ। 🐾

#दयागर्नुस् #बेजुबानकोआवाज

10/14/2026

Address

DC-295
Washington D.C., DC
20019

Alerts

Be the first to know and let us send you an email when Voices for the Voiceless Worldwide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voices for the Voiceless Worldwide:

Shortcuts

Share

Category