20/05/2026
🚨🚨🚨🚨🚨🚨🚨🚨🚨🚨🚨
⚠️ रेबिज नियन्त्रणमा गम्भीर प्रश्न ⚠️
तिलोत्तमा मनिग्राममा हालै एउटा अत्यन्तै चिन्ताजनक घटना पुष्टि भएको छ। रेबिज विरुद्ध खोप लगाइएको घरपालुवा कुकुरमा बिगत ३ दिन देखी उच्च जोरो आउने, समान्य भुकाईमा परिवर्तन आउने, हिंड्न अफ्ठ्यारो हुने तथा आक्रमक हुने जस्ता लक्षण देखिएको र पछि Pioneers Animal Hospital and Research Center Pvt. Ltd., बुटवल ल्याई “ पशु रोग अन्वेषण प्रयोगशाला
परासी “ को सहयोगमा मस्तिष्कको नमुनाबाट परीक्षण (Rapid Diagnostic Test) गर्दा रेबिज पोजेटिभ देखिएको छ।
यदि खोप लगाइएको जनावरमै रेबिज देखिन सक्छ भने, यो केवल एउटा व्यक्तिगत घटना मात्र होइन — यो सम्पूर्ण रेबिज नियन्त्रण प्रणालीमाथि उठेको गम्भीर प्रश्न हो।
रेबिज १००% ज्यान लिने रोग हो। यस्तो अवस्थामा सरकारले उत्पादन वा वितरण गर्ने खोपको गुणस्तर, प्रभावकारिता, भण्डारण प्रणाली तथा प्रयोग प्रक्रियामाथि तत्काल गम्भीर अनुसन्धान आवश्यक छ।
हामी सम्बन्धित सरकारी निकायहरूसँग निम्न कुराहरुमा ध्यानाकर्षण गराउन चाहन्छौंं:
➡️प्रयोग भइरहेको रेबिज खोपहरूको स्वतन्त्र Quality Testing तुरुन्त गरियोस्
➡️Vaccine Potency तथा Efficacy को नियमित वैज्ञानिक मूल्यांकन गरियोस्
➡️उत्पादनदेखि प्रयोगसम्म सम्पूर्ण Cold Chain Monitoring कडाइका साथ लागू गरियोस्
➡️खोप ढुवानी, भण्डारण र प्रयोग गर्ने स्थानहरूको नियमित निरीक्षण गरियोस्
➡️Rabies Surveillance System अझ प्रभावकारी बनाइयोस्
➡️Vaccine Failure सम्बन्धी घटनाहरूलाई लुकाउने होइन, पारदर्शी रूपमा अनुसन्धान गरियोस्
➡️शंकास्पद केसहरूको Laboratory Confirmation अनिवार्य गरियोस्
रेबिज जस्तो घातक रोग नियन्त्रणमा “खोप लगाइएको छ” भन्ने कागज मात्र पर्याप्त हुँदैन। खोप प्रभावकारी थियो कि थिएन? सही तापक्रममा राखियो कि राखिएन? सही समयमा लगाइयो कि लगाइएन? यी सबै प्रश्नको वैज्ञानिक उत्तर आवश्यक हुन्छ।
यदि Vaccine Monitoring कमजोर भयो भने त्यसको प्रत्यक्ष जोखिम जनावर मात्र होइन, मानिसको ज्यानमाथि पनि पर्छ।
🐶 सम्पूर्ण पशुपालक तथा सर्वसाधारणमा अनुरोध:
• नियमित खोप लगाउनुहोस्
• दक्ष पशु चिकित्सक वा प्राविधिकबाटमात्र Vaccination गराउनुहोस् • Vaccination Record सुरक्षित राख्नुहोस्
• असामान्य व्यवहार देखिने जनावरबाट टाढा रहनुहोस्
• टोकेको वा चाटेको अवस्थामा तुरुन्त स्वास्थ्य संस्था सम्पर्क गर्नुहोस्
रेबिज नियन्त्रणमा लापरवाहीको कुनै ठाउँ छैन।
अब समय आएको छ — खोप कार्यक्रम केवल वितरणमा होइन, गुणस्तर, निगरानी र वैज्ञानिक उत्तरदायित्वमा केन्द्रित हुनुपर्छ।
— Pioneers Animal Hospital and Research Center Pvt. Ltd. “Compassionate Care • Modern Medicine • Affordable Prices”