22/03/2022
तल उल्लेखित कार्य गर्न गराउन हामीलाई सम्झनु होला !!
१ कृषि, पशु, वन तथा वातावरण संबन्धी काम वा व्यवसाय गर्ने कृषक, व्यवसायी, उद्यमी, संस्था, समुह वा सहकारीहरुलाई सो संबन्धी आवश्यक पर्ने कुनैपनि प्रकारको सेवा, परामर्श, अध्ययन, अनुसंधान, वित्तीय साक्षरता, तालीम कार्यक्रम आदि प्रदान÷संचालन गर्ने तथा त्यस्ता व्यवसाय संचालनका लागि आवश्यक पर्ने वित्तिय श्रोत जुटाईदिन बैंक तथा वित्तीय संस्थाहरुमा आवश्यक समन्वय र सहकार्य गर्ने गराउने ।
२ गुणस्तरीय कृषि फर्म सन्चालन गरी विभिन्न जाति प्रजातीका पशुपंछी जस्तै खसी, बोका, सुँगुर, बँगुर खरायो, माछा पालन गरी ग्राहकहरुले इच्छाए बमोजिम स्थानिय बजारमा थोक तथा खुद्रा मुल्यमा बिक्री वितरण गर्ने, एवंम मौरीपालन, च्याउखेती, किवी, डागन फ्रुट, स्याउ, सुन्तला, ओखर, मोरिङ्गगा, वेरि कफी, चिया, अलैची, गोलभेडा, कुरिलो लगायतको व्यवसाय, टनेल खेती, हाईडोपोनिक्स, थोपा सिंचाई, अर्गानिक खेती र विभिन्न जातका फूलहरु, फलफूलहरुको व्यवसायीक खेती गर्ने, नर्सरी संचालन, बोटविरुवा उत्पादन गरी थोक तथा खुद्रा मुल्यमा बिक्रि वितरण, भण्डारण, प्रशोधन गर्ने वा त्यस्ता सेवा उपलब्ध गराउन सहजीकरण गर्ने ।
३ आधुनिक प्रविधिबाट पशुपंक्षीको स्वच्छ दाना, आहार उत्पादन गरी स्वदेशी तथा विदेशी बजारमा थोक तथा खुद्रा मुल्यमा बिक्रि वितरण गर्ने साथै स्वीकृति लिनुपर्नेमा स्वीकृति लिई विदेशी बजारमा समेत बिक्रि वितरण गर्ने । साथै उन्नत जातका गाई, भैँसीको लागि उच्च गुणस्तरीय दाना तथा आहाराको उत्पादन गर्ने तथा विक्रि वितरण गर्ने ।
४ बिभिन्न नश्लका गाई, भैंसी, बाख्रा, सुँगुर, लौकाट, कुखुरा, हाँस, माछा, खरायो, मौरी, रेशम किरा लगाएत पशुपंक्षी पालन का साथै नश्ल सुधार गर्ने, आयत गर्ने तथा बेचबिखन गर्ने वा गराउने ।
५ कृषि सेवा, पशु हेरचाह, नष्ल सुधार एवं प्रजनन् लगाएत किटनाशक औषधी छर्ने सेवा सम्बन्धी कार्यहरु गर्ने वा गराउने ।
६ पशुपालन तथा पशुपोषण कार्यका साथ साथै दूध लगाएत पशुबाट उत्पादन हुने विभिन्न पदार्थहरुको प्रशोधन, सञ्चय, तथा बिक्री वितरण गर्ने वा गराउने
७ पशुपंक्षी तथा मत्स्यपालनका निमित्त चाहिने विभिन्न किसिमका दाना लगाएत खाद्य पदार्थका उत्पादन, खरिद, सञ्चय, खपत तथा बिक्री वितरण गर्ने वा गराउने ।